बाराको पचरौता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गौरीशंकर सिंहले जिम्मेवारी सम्हाल्नुभएको छ । रौतहटको कटहरिया नगरपालिकाबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत सिंहलाई हिजो नगर प्रमुख जलन्धर सिंह र उपप्रमुख नसीमा खातुनले अविर र फूलमालासहित स्वागत गरेका हुन ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागतसंगै पूर्वप्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रको बिदाई पनि गरिएको छ । बाराकै सिम्रौनगढ नगरपालिकामा सरुवा हुनुभएका मिश्रलाई मायाको चिनोसहित बिदाई गरेका थिए । सो कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मी यादव, मकबुल मियाँ, बनारसी मुखिया बिन, धेनुक राउत कुर्मी, गगनदेव यादव, समाजसेवीहरु नसिर अंसारी, नेवाजी अंसारी, सुरेश यादव, जय नारायण राउत, पोषण पासवान, नरेश पटेल, प्रभु शर्मा, बिनोद सिंह, नगरपालिकाका कर्मचारी समेतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत मिश्रको काम गर्ने शैलीको प्रशंसा गर्दै अनेकौं जटिल काम पनि उहाँले सजिलै फत्ते गरेको उदाहरण सुनाउनुभएको थियो । नगरपालिकामा विकास निर्माणको काम तीव्र गतिमा अघि बढिरहेकोभन्दै नगर प्रमुख सिंहले काम गर्ने सन्दर्भमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई पनि जनप्रतिनिधिले सहज वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख नसीमा खातुनरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सिम्रौनगढमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले आफ्नो कार्यकालमा जनप्रतिनिधि र कर्मचारीबीच सहज वातावरण बनेको भन्दै सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गर्नुभएको थियो । नयाँ जिम्मेवारी सम्हाल्नुभएका प्रमुख प्रशासकीय अधिकृत सिंहले भने सरकारको म्याण्डेट अनुसार नगरपालिकाको समग्र विकास र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।