मेटाको सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वव्यापी डाउन भएका छन् । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी सामाजिक संजाल डाउन भएका हुन् ।
सामाजिक संजाल अकाउन्ट आफै लगआउट हुने समस्या देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो ।
डेलिमेलका अनुसार सामाजिक संजाल विश्वभर समस्यामा आएको छ । यतिखेर सामाजिक संजाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राम बन्द हुँदा लाखौं प्रयोगकर्ताहरू मेटाका सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन् । मिडिया प्लेटफर्महरू आफ्ना सर्जुकर गर्न असमर्थ छन्। मेटाले यो समस्या छिट्टै समाधान गर्दै छ। त्यसैले नआत्तिनु केहि समयपछि तपाईको सामाजिक संजाल खुल्नेछन ।