बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा ज्यान गुमाएका निजगढ ७ का मृतक रेशमबहादुर जर्गा मगरकाे परिवारलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. निजगढ शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेकाे छ ।
बीमा कम्पनीले गत शुक्रबार एक कार्यक्रमको बिच मृतक रेशमको परिवारलाई सो दावि रकम हस्तान्तरण गरेको हो । निजगढ ७का वडा अध्यक्ष टेकबहादुर लामाकाे राेहबरमा बीमा कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता र निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेतले चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पुर्व कार्यपालिका सदस्य तथा कम्पनीका अभिकर्ता जगतकुमारी अधिकारी, पुर्व कार्यालय प्रमुख कल्पना खरेल, अभिकर्ता उषा लामा मोक्तान, रुपा घलान लगायतकाे उपस्थिति रहेकाे थियाे ।
रेशमले ८ महिनाअघि एक लाखकाे बीमा पाेलिसी लिएका थिए । जसकाे एक किस्ता ७ हजार पाँच सय बुझाएका थिए । उनकाे दुर्घटनामा मृत्यु भएकोले कम्पनीले दुई लाख चार हजार पाच सय मृत्यु दाबी भुक्तानी दिएको हाे ।