राप्ती नदीले बगाएर एक युवक बेपत्ता हुँदा दुई जनाको उद्धार गरिएको छ। दाङको लमहीमा राप्ती नदीले जिल्लाको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादव बगाएको हो ।
इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले एकाबिहानै राजपुरबाट राप्ती नदी तरेर दूध बेच्न लमही आएका उनलाई फर्किने क्रममा बाढीले बगाएको थियो। हाल उनको खोजीको प्रयास जारी रहेको छ ।
उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार गरिएको छ। नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।