बाराको सहजनाथ साझेदारी वन व्यवस्थापन समुह मधुवनको अध्यक्षमा भुनेश्वर धामी निर्वाचित हुनुभएको छ ।
शनिवार राति सम्पन्न मतगणना अनुसार अध्यक्षका उम्मेदवार धामीले १ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकतम प्रतिस्पर्धी महेश्वरप्रसाद यादवले ४१ मतमात्रै प्राप्त गरेका थिए । त्यसैगरी समुहको उपाध्यक्षमा लक्ष्मी यादव विजयी भएका छन । समुहको वडा स्तरीय सदस्यहरुमा भने रामबालक प्रसाद यादव, कपिलदेव धामी, अब्दुल्लाहा मिया, तेजलाल यादव विजयी भएको सहायक निर्वाचन अधिकृत परमहंश केशरीले जानकारी दिनुभयो ।
निर्वाचनमा नेकपा एमाले, नेपाली कांगे्रस नेकपा माओवादी र एकिकृत समाजवादीको तर्फबाट एउटा संयुक्त प्यानल र जनता समाजवादी पार्टीको तर्फबाट अर्को गरी २ वटा प्यानल प्रतिस्पर्धामा थिए । निर्वाचनमा नेकपा एमाले र कांग्रेशसहितको प्यानलका सबै उम्मेदवाहरु विजयी भएका हुन ।