निर्माणधीन काठमाडौं–तराई– मधेस द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ आइतबार ‘ब्रेक थ्रु’ भएपछि नेपालस्थित चिनियाँ राजदूत चेन सोङले खुसी व्यक्त गर्नुभएको छ ।
नेपाली सेनाले निर्माणको जिम्मा लिएर चिनियाँ ठेकेदारमार्फत उक्त सुरुङ मार्ग खनिएको थियो । मकवानपुरको बकैया गाउँपालिका– १२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै राजदूत सोङ पनि सहभागी हुनुभएको थियो ।
चीन र दक्षिण कोरियाका राजदूतहरूको समेत उपस्थितिमा प्रधानमन्त्री ओलीले उक्त सुरुङमार्ग ब्रेक थ्रु भएको घोषणा गर्नुभएको थियो । त्यसपछि सोमबार चिनियाँ राजदूत सोङले उक्त सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभएको हो । ‘काठमाडौं–तराई फास्ट ट्रयाक परियोजनाका सबै सुरुङ सफलतापूर्वक ‘ब्रेक थ्रु’ भएको उत्सवमा सहभागी हुन पाउँदा निकै खुसी लाग्यो’, उहाँले सोमबार भन्नुभएको छ, ‘यो परियोजना नेपालको ‘राष्ट्रिय गौरव’ परियोजनाहरूमध्ये एक हो ।’
उहाँले यस परियोजना नेपालको सबैभन्दा अग्लो पुल र सबैभन्दा ठूलो क्रस–सेक्सन सुरुङ निर्माणमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।