निजगढ १० स्थित श्री नेपाल मा.वि लालमा चोरी भएको छ । विद्यालयको प्रशासन शाखाको ताल्चा फुटाई सि.सि क्यामारा चोरी भएको छ ।
विद्यालयमा आइतवार बिहान ७ बजे कोचिङ शुरु हुनु अघि ईन्टरनेट, सि.सि क्यामाराको तार काटेको देखेपछि प्रशासन शाखामा हेर्दा ताल्चा फोडेको देखिएकाले तत्काल वडा अध्यक्ष र प्रहरीलाई आफुले खबर गरेको विद्यालयका प्रधानध्यापक दिनानाथ शाहले प्रेसचित्रलाई जानकारी दिनुभयो ।


घटनाको प्रविधी हेर्दा चोरी गर्ने उदेश्यले भन्दा पनि दुख दिने हिसाबले सो कार्य भएको शाहले बताउनुभयो । विद्यालयको कम्प्युटरको मनिटर फुटाईएको र केहि सि.सि टिभीको क्यामारा मर्काएर भाचिएको छ ।
शनिवारको दिन विद्यालय बन्द रहेकाले सो घटना कुन वेला भएको भनेर यकिन गर्न नसकिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिनुभयो । घटनामा के-कति क्षति र चोरी भयो भनेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुशवाहले जानकारी दिनुभयो ।