युथ अफ निजगढले ११औ प्रि-होली कन्सर्ट फाल्गुन २४ गते गर्ने भएको छ ।
लामो समय देखि निजगढमा काम गर्दै आएको सामाजिक संस्था युथ अफ निजगढले होली पर्वको अवसरमा निजगढमा खाना महोत्सव, फुड फेस्टिबलसहित रक्तदान र सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाका अध्यक्ष कमल पराजुलीले दिएको जानकारी अनुसार होली पर्वको अवसरमा आगामी फागुन २४ गते शनिवार एकैदिन खाना महोत्सवसहित रक्तदान र सांगितिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । अध्यक्ष पराजुलीका अनुसार निजगढ ७ स्थित विद्यासागर इङ्गलिस बोडिङ्ग स्कुलको प्राङ्गणमा बिहान १० बजेबाट खाना महोत्सव र सोही दिन दिउसो १ बजेबाट प्रिहोली कन्सर्ट आयोजना गरिने छ ।


रक्तदान कार्यक्रम भने बिहान ७ बजे शहिद चोकमा आयोजना गरिने उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष प्रिहोली कन्सर्टले आयोजना गर्दैआएको युथ अफ निजगढले यो वर्ष पहिलो पटक निजगढमा खाना महोत्सवको आयोजना गर्न लागेको हो । खाना महोत्सवमा निजगढ नगरपालिकाको समन्वयमा पालिका अन्र्तगत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीद्वारा पाकशिक्षा अन्र्तगत तयार पारिएका विभिन्न किसिमका परिकारहरू राखिने छ । त्यसैगरी यस वर्षको ११औं प्रिहोली कन्सर्टमा ख्यातिप्राप्त गायक राजेश पायल राईसहित लाइभ ब्याण्डका जिग्मी छोयोकि घिसिङ्ग, निजगढकी भ्वाईस अफ नेपालकी प्रतिसपर्धी पिटु गतहराज साथै स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने जनाइएको छ ।