रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेश कमिटीमो दोश्रो अधिवेशन सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । सो अधिवेशनबाट पुनः दिपककुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कार्यसमितिका उपाध्यक्षहरुमा दर्शन प्याकुरेल, जानकी माया तामाङ , सचिवमा नवराज विष्ट, उपसचिवमा सोनाम सिंह गोले, कोषाध्यक्षमा जितेन्द्र साफी निर्वाचित भएका छन् । 


सो अवसरमा रिटर्नी फेडेरेसन नेपालको स्थापनाकालदेखि योगदान गरेका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरे, केन्द्रीय सचिव खेम कार्की, पूर्व स्थायी कमिटी सदस्य थानेश्वर सापकोटालाई प्रदेश कमिटीले सम्मान गरेको थियो । यसैगरी विभिन्न जिल्लाबाट रिटर्नी उधमीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख आथित्यमा भएको कार्यक्रमको प्रमुख वक्ता नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठ रहेका थिए । 
नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका ईन्चार्ज समेत रहेका कृष्ण बहादुर केसीको विशेष आथित्यता रहेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रञ्जना सरकार, रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्षहरु रामकृष्ण घिमिरे, शालिकग्राम बसेल, महासचिव जेपि सापकोटा,सचिवहरु खेमबहादुर कार्की, सरिता चौधरी, कोषाध्यक्ष जितेन्द्र बानिँया, स्थायी कमिटी सदस्य सिता बस्याल सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
















