सुख्खा याम शुरुभएसँगै निजगढ नगरपालिका ५ स्थित जनजाग्रिति सुन्दर सामुदायिक वन वन उपभोक्ता समूहका उपभोक्ताहरुले डढेलो नियन्त्रण गर्न सामुदायिक वनमा पालो पहरा शुरु गरेका छन ।
वन समूहका उपभोक्ताहरुले सुख्खायाममा डढेलोको जोखिम बढ्ने हुदाँ विगतका वर्षहरुजस्तै यस वर्ष पनि सामुदायिक वन क्षेत्रभित्र पालो पहरा शुरु गरेका हुन । समूहले तयार पारेको आलोपालो प्रणालीअनुसार उपभोक्ताहरुलाई परिचालन गरेर आआफ्नो पालो अनुसार सामुदायिक वन क्षेत्रभित्रको जंगल क्षेत्रमा पहरा दिने गरेको वन समूहका अध्यक्ष ढुङ्गानालले बताउनुभएको छ ।

