निजगढ सहकारी संजालले ६८औँ राष्ट्रिय सहकारी दिवस भब्यका साथ मनाउने तयारी भएको छ ।
सन्जालका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा आईतबार सगरमाथा साकोसको सभाहलमा बसेको बैठकले चैत्र २० गते मनाइन लागिएको राष्ट्रिय सहकारी दिवस सक्रियताका साथ मनाउने निर्णय गरेको हो । निजगढका सहकारीका अध्यक्ष र ब्यवस्थापकहरुबीच भएको बैठकले निजगढ नगरपालिकाले यस वर्ष “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मुल नाराका साथ मनाउन लागेको सहकारी दिवसमा निजगढमा रहेका सबै सहकारी संघसंस्थाबाट संचालक समिति पदाधिकारी, कर्मचारी र सदस्यहरुले आआफ्नो संघसंस्थाको पहिचान, ब्यानर र राष्ट्रिय झण्डा सहित सहभागीता जनाउने निर्णय गरिएको सन्जालका अध्यक्ष गौतमले बताउनुभयो ।

