छिमेक लघुवित्त वितिय संस्था लिमिटेड निजगढ शाखाले २ दिने बाख्रा पालन तालिमको आयोजना सम्पन्न गरेको छ ।
नमुना गाउँ कार्यक्रममा आबद्द ४९ जना आफ्नो सदस्यहरुलाइ संस्थाले तालिम दिएको हो । निजगढ नगरपालिका वडा नम्बर १२ को बुङ्जोर र बारथलिको दुई गाउँलाई समेटेर बाख्रा पालन नमुना गाउ बनाइएको । तालिममा सहभागीहरुलाइ प्राविधिक आनन्द भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।


मंगलबार देखि सुरु भएको सो तालिम आज सम्मन्न भएको हो । एउटौ गाउँको एउटौ व्यवसाय गर्नी सदस्यहरुलाई समेटेर गरिएको सो कार्यक्रम सामाजिक बिकास तथा ग्राहक संरक्षण बिभाग अन्तर्गत तालीम आयोजना गरिएको हो । तालिममा आवद्ध भएका सदस्यहरुलाई उन्नत जातको बोका, फिड सप्लिमेन्ट, जुकाको औषधी, लिभर टोनिक आदि आर्थिक तथा प्राबिधिक सहयोग निशुल्क उपलब्ध गराउने छ । छिमेक लघुवित्तले आफ्ना सदस्य हरुलाइ सुत्केरी भत्ता,छात्रवृत्ति, पुर्ण छ्ती बिपत्ति कोश, कर्जा चुक्ता बापत प्रोत्साहन रकम लगाएतका सुविधाहरु समेत उपलब्ध गराउदै आएको छ ।