बाराको कोल्हबीमा नगरपालिकाको सहयोगमा तीनदिने आधारभूत पत्रकारिता तालिम शुक्रबारबाट थारु कल्याणकारी सभा हलमा सुरु भएको छ।
तराई ईन्टरप्रेनर हाउस प्रा.लिका अध्यक्ष गुरु पर्साद गौतमको सभापतित्वमा भएको कार्यक्र्मको उद्घाटन कोल्हबी नगरपालिकाकि उप-प्रमुख लक्ष्मी कुमारी चौधरीले ब्यानर पढेर गर्नु भएको थियो।








कार्यक्रमको बिशिस्ट अथितिमा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईटेल रहनु भएको थियो भने अतिथिमा कोल्हबी नगरपालिका वडा नं.१ का अध्यक्ष राजहरण चौधरी साथै कार्यपालिका सदस्य राजकुमार दास,आदिवासी जनजाति पत्रकार महासंघ बाराका अध्यक्ष धिरेन्द्र पनुहर, प्रेस चौतारी बारा सह-सचिव बुधन चौधरी,रेडियो कोल्हवीका अनिल प्रीत, पत्रकार जितेन्द्र चौधरी लगाएतका माहानुभावहरुको उपस्थिति रहेको थियो।
तालिमको उद्घाटन गर्दै कोल्हवी नगरपालिकाकि उप-प्रमुख लक्ष्मी कुमारि चौधरिले पत्रकारहरुलाई सत्य,तथ्य समाचार सम्प्रेषण गर्न र समाजमा रहेका बिकृतीहरुको उजागर गर्न सधै कलम चलाउनु पर्नेमा जोड दिनु भयो।
तालिमको स्वागत मन्तव्य पत्रकार अशेष ढुंगानाले राखेका थिए भने प्रशिक्षकको भूमिका सञ्चारकर्मी रोशनी लामिछानेले निभाउँदैछिन्।
कार्यक्रममा अतिथिहरूले पत्रकारिताको महत्व,निष्पक्षता र नैतिकताका विषयमा मन्तव्य दिएका थिए।तीन दिनसम्म सञ्चालन हुने यस तालिमले स्थानियस्तरमा सञ्चारकर्मीहरूलाई पत्रकारिताको आधारभूत सीप,आचारसंहिता र व्यावसायिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।कार्यक्रममा सहभागीहरुलाई गुरु प्रसाद गौतम र रेश्मी लामिछाने प्रशिक्षण गराउनु भएको थियो