बाराको कोल्हवी नगरपालिकाद्वारा सहकारी लेखा व्यवस्थापन तथा कोपोमिस र सहकारी कानुन सम्बन्धि सात दिने तालिम होटेल रोजवुड प्रा.लि. कोल्हवीमा शनिबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ।
कोल्हवी नगरपालिकाकि नगर उप प्रमुख लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको प्रमुख अतिथिमा कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, बिशिस्ट अतिथिमा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल प्रशिक्षक रामनाथ भण्डारि लगाएतका माहानुभावहरुको उपस्थिती रहेको थियो।








कोल्हवी नगरपालिका भित्र हाल सम्म ७३ सहकारी मध्ये ७१ सहकारी नियमित सन्चालनमा रहेका छन भने दुई सहकारी निलम्बनमा रहेका छन।सहकारी प्रमुख पुरुषोत्तम ओलिका अनुसार कोल्हवी नगर भित्र कोपोमिसको नियम अनुसार ४२ सहकारी मात्र सन्चालनमा रहेका छन।बाकी सहकारी सामान्य तरिकाले चले पनि केन्द्रिय कोपोमिसमा देखिने बताउनु भएको छ।
कार्यक्रममा कोल्हवी नगरपालिका भरी संचालित सहकारी संस्थाहरुको प्रतिनिधिहरुले सात दिननै उपस्थित भइ नगरपालिकाले सन्चालन गरेको तालिममा सहभागी रहेका थिए!तालिम जेष्ठ ४ गते देखि १० गते सम्म सन्चालन भएको थियो।