संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) को अन्तिम नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले प्रकाशित गरेको अन्तिम नतिजा अनुसार बाराको निजगढ नगरपालिकाले विभिन्न सूचकमा ६३ दशमलव ५० अंक प्राप्त गरेको हो।
नगरपालिकाले शासकीय प्रबन्धमा ७.००, संगठन तथा सेवा प्रशासनमा ६.५०, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५०, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ७.५०, सेवा प्रवाहमा ११ अंक पाएको छ। त्यस्तै, न्यायिक कार्य सम्पादनमा ६.५०, भौतिक पूर्वाधारमा ७.५०, सामाजिक समावेशीकरणमा ५.५०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ र सहकार्य तथा समन्वयमा ०.५० अंक पाएको छ।


जिल्लामा सबै भन्दा बढी कलैया उपमहानगरपालिकाले ७३.५० अंक प्राप्त गरेको छ भने कम फेटा गाँउपालिकाले ३१.२५ अंक प्राप्त गरेको छ ।
मन्त्रालयका अनुसार स्वमूल्याङ्कनले स्थानीय तहको कार्य प्रक्रियाको लेखाजोखा गर्न, उपलब्धि नाप्न, सुधारका क्षेत्र पहिचान गर्न र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा जागृत गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ।
गाउँ तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि शासकिय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गर्दछ ।
















