नेपाल राष्ट्र बैंकले आज (भदौ १३ गते) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा कायम भएको छ।


स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानाडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा रहेको छ।
images
images
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।
यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा कायम भएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४ रुपैयाँ ८१ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८७ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९८ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने केही फरक पर्न सक्ने र आधिकारिक अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस
















