सर्वोच्च अदालतको आदेश पछि सडक डिभिजनले अब तत्कालको लागी घर नभत्किने बताएको छ । हेटौंडा बजारका ५३१ वटा घर–टहरामा डोजर चलाएको सडक डिभिजन कार्यालयले आइतबार आएर उक्त कार्य स्थगित गरिएको जनाएको छ।
सर्वोच्च अदालतले ‘तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न’ शुक्रबार अल्पकालीन आदेश जारी गरेको थियो , तर जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले भने आफूलाई आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानै डोजर चलाएर ५३१ वटा घर-टहरा भत्काएका थिए।


अदालतको आदेशबारे सामाजिक सञ्जालमा पनि सूचना छ्याप्ती छ्याप्ती थियो। तैपनि सडक डिभिजन र जिल्ला प्रशासनले आधिकारिक पत्र नआएको भन्दै डोजर चलाएका थियो ।
डिभिजन कार्यालयले आइतबार १२ बजेर ४६ मिनेटमा उक्त आदेश प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगित गरिएको जनाएको छ।
















