नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट बारा जिल्लाले केन्द्रीय नेतृत्वमा उल्लेख्य उपस्थिति जनाएको छ। सम्पन्न महाधिवेशनमा बाराबाट आठ जना नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचित हुनेमा पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसद अच्युत मैनाली, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र ज्वाला साह प्रमुख रूपमा रहेका छन्। त्यस्तै एकवाल मियाँ, बलवीर चौधरी, महमद समीर, मोमिन आलम र सीता सुवेदी पनि केन्द्रीय सदस्यमा चयन भएका छन्।


निर्वाचित सबै नेताहरू अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए। महाधिवेशनको परिणामसँगै बारा जिल्लाको पार्टीभित्रको प्रभाव र प्रतिनिधित्व थप सुदृढ भएको विश्लेषण गरिएको छ।
मैनाली बारा क्षेत्र नं १, श्रेष्ठ बारा क्षेत्र नं ४ र साह बारा क्षेत्र नं ३बाट विघटित प्रतिनिधिसभाका सांसद हुन ।
















