प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको स्थलगत अनुगमन गर्ने क्रममा सेनाको हेलिकोप्टरमार्फत बाराको निजगढ आइपुग्दा निजगढ नगरपालिकाले नगरका महत्वपूर्ण विकास आयोजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
प्रधानमन्त्री सुशीला कार्की मंगलबार निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको स्थलगत अनुगमनका क्रममा निजगढ आइपुग्दा निजगढ नगरपालिकाले नगरका रोकिएका विकास आयोजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।


नगरपालिकाले स्मार्ट सिटी अवधारणाअन्तर्गत संघीय सरकारबाट बजेट विनियोजन भए पनि हालसम्म कार्यान्वयनमा आउन नसकेका ५ वटा महत्वपूर्ण पूर्वाधार आयोजना तत्काल सुरु गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो। नगर प्रमुख सुरथ पुरीले निजगढ राष्ट्रिय गौरवका आयोजनाहरूको संगमस्थल भएकाले यहाँको विकास मुलुककै रणनीतिक विकाससँग जोडिएको उल्लेख गरे।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निजगढका विकास आयोजनाहरू कार्यान्वयनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्मार्ट सिटी अन्तर्गत रोकिएका आयोजनाहरू नगरको दीर्घकालीन विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै संघीय सरकारको प्राथमिकतामा राखी अघि बढाइने बताएकी छन्।
















