काठमाडौं / ह्वाट्सएपले हालै बजारमा नयाँ फिचर सार्वजनिक गरेको छ । अब चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने भएको छ।
जोकोही प्रयोगकर्ताले पनि ह्वाट्सएप अपडेट गरी चार वटा डिभाइसमा एकै पटक फिचरको बेटा भर्सन सुरु गर्न सक्छन् ।
फेसबुक स्वामित्वको म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले पछिल्लो समय आफ्ना प्रयोगकर्तालाई एकभन्दा बढी डिभाइसमा कनेक्ट गराउन मिल्ने सुविधा प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ ।
यो फिचरले प्रयोगकर्तालाई मोबाइल, कम्युप्टर, ल्यापटपजस्ता चार वटा डिभाइसमा ह्वाट्सएप कनेक्ट गरी प्रयोग गर्ने सुविधा दिने बताइएको छ ।
अन्य डिभाइसमा भने ह्वाट्सएपमा कनेक्ट भएपछि मोबाइलमा इन्टरनेट नभए पनि प्रयोग गर्न सकिने बताइएको छ ।