लक्ष्मण गौतम / आफ्नै घरदैलोमा ४-५ जना मर्ने गरी गोली चल्दा समेत चुपचाप बस्ने मान्छे म राजनिती गर्छु भन्दै हिंड्न सुहाउदैन ।
यो बिषयलाई चर्चा र बहसको बिषय बनाईनु पर्छ , दोषी माथि कारवाही हुनु पर्छ र यस्ता घट्ना फेरी दोहरिनु हुँदैन । गोली खाएर ४-५ जना मर्नु भनेको सामान्य घटना होईन र यसलाई सामान्य रुपमा बुझ्नु पनि हुँदैन । यस क्षेत्रमा सुकुम्बासीहरुलाई भोट बैंक को रुपमा मात्र प्रयोग गरिएको छ र बिगतमा पनि सुकुम्बासीका नाउमा जग्गा बाढ्दा जग्गा असली सुकुम्बासीको हातमा भन्दा पार्टीका कार्यकर्ताहरुको हातमा परेको छ तर मैले यहाँ सुकुम्बासीले जग्गै पाएनन भन्न खोजेको चाही पक्कै होईन । मोतीपुरको त्यो क्षेत्र ( १४०० बिघा ) रुपन्देहीको मुटुमा पर्दछ र हिजो तेही क्षेत्रलाई औधोगिक क्षेत्रका रुपमा शिलान्यास गर्न जादा तत्कालिन अर्थमन्त्रीलाई लखेटेको कुरा हामी माझ प्रष्ट नै छ तसर्थ त्यो क्षेत्रको जग्गा सुकुम्बासीका लागि बितरण गर्न हिजोको सरकार पनि तयार थिएन तसर्थ यो घट्नालाई उस्काएर राजनितीकरण गर्न खोजियो भने यसले झन उग्र रुप लिने सम्भावना छ तसर्थ सुकुम्बासी समस्यामा राजनिती होईन यो समस्याको दिर्घकालिन समाधान खोजौ । सरकारी जग्गाको संरक्षण गर्ने काम र नागरिकको ज्यानको पनि संरक्षण गर्ने काम सरकारकै हो तसर्थ सरकारी जग्गा हड्प्न गएका थिए गोली खाए भन्ने खालका अराजनितीक , अनागरिक , अमानविय र राजनिती प्रेरित तुच्छ तर्क गर्नु सोभनिय हुँदैन ।
मान्छे जग्गा हड्प्न जाने देखी गोली चल्ने र मान्छे मारिने सबै घट्नाको जिम्मेवारी सरकारले नै लिनु पर्दछ र सबैलाई छानबिनको दायरामा ल्याउनै पर्छ र प्रत्रकारहरु माथि भएको आक्रमण निन्दनिय छ , प्रेस स्वतन्त्रताको कुरा भाषण र कागजमा होईन ब्यवहारमा लागु हुनु पर्यो। यो एकै दिनमा घटेको घटना होईन । त्यहाँ हप्तौ देखी देशको बिभिन्न भागबाट समुहगत रुपमा मानिसहरु बसेका थिए । ति समुहहरुलाई सुरुकै दिनबाट तितर बितर पार्ने काम किन गरिएन भन्ने प्रश्न पनि प्रमुख हो । सरकारको मात्र होईन यस सम्बन्धमा यो क्षेत्रमा राजनिती गर्ने र पदमा बस्नेहरुको भुमिका के रह्यो भन्ने प्रश्न पनि उत्तिकै जायज छ । यहाँ सुकुम्बासीका नाउमा राजनिती भयो होला , उस्काउने काम भयो होला , कसैले जग्गा बाढ्छु भनेर पैसा पनि खाए होलान, कोही असली सुकुम्बासी छन होला , कोही नक्कली सुकुम्बासी पनि छन होला यि सबै कुराहरुलाई छानबिनको दायरामा ल्याउने दोषीलाई कारवाही गर्ने सुकुम्बासीको नाममा हुने राजनितीको अन्त्य गर्ने र असली सुकुम्बासीको ब्यवस्थापन गर्ने जिम्मेवारी सरकार कै हो ।
सुकुम्बासी समस्याको समाधान : सुकुम्बासीले आफुले रोजेको ठाउँमा जग्गा पाउने होईन सरकारले सुकुम्बासीलाई जग्गा दिने हो र एकटुक्रा जग्गा दिएर मात्र समस्याको समाधान हुँदैन उनीहरुलाई अर्थ सँग जोडेर आत्मनिर्भर बनाउने काम पनि सरकारकै हो । आज अवसर र सुबिधाको खोजिमा सबै तराई झर्ने र पहाडहरु खाली हुँदै जाने अवस्था आएको छ तसर्थ सरकारले पहाडी क्षेत्रमा नै एकीकृत बस्तीको अवधारणा ल्याएर सुकुम्बासीको समस्याको समाधान गर्नु पर्दछ । जग्गा मात्र होईन घर र काम सहित सुकुम्बासी समस्याको समाधान गर्नु पर्दछ । पहिले सरकारले सुकुम्बासीका लागि क्षेत्र छुट्टाउने र सुबिधा ( स्कुल , बिधालय , अस्पताल , खानेपानी , बाटोघाटो ) सहितको एकीकृत बस्तीको निर्माण गर्ने र असली सुकुम्बासीलाई घर मात्र होईन काम सहित घरहरु हस्तान्तरण गर्ने । हाम्रा पाखाहरु उजाड छन ति उजाड पाखाहरु कृषी ( फलफुल , तरकारी , मासु आदी ) का लागि प्रयोग गर्ने र सुकुम्बासीहरुलाई कृषीकै माध्यमबाट आत्मनिर्भर हुन सरकारले सहयोग गर्ने । मान्छेहरु उत्पादन गर्छन र तेही उत्पादनबाट पैसा आर्जन गर्छन , पढ्छन , पैसा कमाउन बिदेश पनि जालन र भोली सक्षम हुँदा बालुवाटारमै घडेरी किनेर घर बनाउने हैसियत पनि बनाउलान तर सरकारले सक्षम हुने बाटो त खोली दिनु पर्यो । स्विजरल्याण्डका डाडा डाडामा रेल पुगेको छ तेस्तै युरोप अमेरिकाका बेलायत लगायतका देशहरुका डाडा डाडामा सुबिधा सम्पन्न बस्तीहरु छन भने नेपालमा किन हुन सक्दैन ? पहाडहरुमा एकीकृत बस्तीको मोडलमा नेपाल जानुको बिकल्प छैन र ति उजाड डाँडापाखाहरु कृषीका खानीहरु हुन , सदुपयोग गरौ , छोटो होईन दिर्घकालिन सोचका साथ काम गरौ । सुकुम्बासीका नाममा राजनिती गर्न बन्द गरौ र यसको दिर्घकालिन समाधान तर्फ लागौ । जय नेपाल ।
( यो मेरो अत्यन्तै निजी बिचार हो )
लक्ष्मण गौतम नेपाली काँग्रेसका युवा नेता हुन