बिपिन अधिकारी, निजगढ, २४ पुस /
बाराको निजगढ ८ स्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
निजगढ नगरपालिकाकी नगरप्रमुख लिलादेवी लामिछानेले पानसका बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष कुमार प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाकी नगरप्रमुख लिलादेवी लामिछाने, बिशिष्ट अतिथि अनिल कुमार मैनाली, निजगढ खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइराला, सगरमाथा साकोसका अध्यक्ष एवम् नेकपा एमाले नगरकमीटीका उपाध्यक्ष भोला प्रसाद गौतम लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य प्रमुख अतिथि लिलादेवी लामिछाने, बिशिष्ट अतिथि सगरमाथा साकोसका अध्यक्ष एवम् नेकपा एमाले नगरकमीटीका उपाध्यक्ष भोला प्रसाद गौतम , निजगढ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइराला अनिल कुमार मैनाली लगायतले दिनुभएको थियो । अवकास भएका शिक्षक सुदर्शन प्रसाद कोइराला ,भोला प्रसाद गौतम, अनिल कुमार मैनाली , कादम्बरी कोइराला लगायतलाई सम्मान गर्नुका साथै मान बहादुर थापा, राम प्रसाद गौतम, श्याम कुमार शर्मा दाहाल, नवलकिशोर साह लगायतलाई मायाको चिनो प्रदान गरिको थियो ।
संस्थाको शेयर सदस्य १७० जनामा शेयरपूँजी ५ लाख ३४ हजार ५ सय रहनुका साथै कुल कारोवार ३३ लाख २० हजार रहेको छ । कार्यक्रम संचालन शिक्षक बोधनाथ चौलागाईले गर्नुभएको थियो भने कार्यक्रम सगरमाथा साकोसको सभाहलमा भएको थियो ।