लेखक; कुशल सापकोटा (राग)
तिम्रो शिरमा रहेको शिन्दुरको सिउदो चितामा जलेर पानीमा गइराख्दा मेरो शिरका भाग्य पनि तिमी सङ्गै गइरहे, तिमी नमर्दै मरे सी के हुन्छ भन्ने डरले डराउने म तिमी मरे पछि म मरिहत्ते मात्र गरिरहे।
नसोध न मलाई श्रीमती मरे सी के हुन्छ भनेर?
आत्मा मरे सी जिउँदो लास के हुन्छ र? आफै मरे सी जिउ को सास के हुन्छ र? पात झरे सी हागाँ निरास के हुन्छ र?
हाँसो मरे सी दातँ राम्रो के हुन्छ र?
सबै खोलाहरू रोके पछि नदीहरू सुख्खा हुँदारहेछन्
त्सतै सबै सुखका मुल हरु रोके पछि मान्छे दुखले एक्लै हुँदारहेछन्। तिम्रो हातमा रहेको सिसाका चुरा सङ्गै मेरा हाँसेर बाच्नै दिनहरू पनि थिए आज चुरा फुटेर होला मेरा हाँसेर बाच्ने दिनहरू पनि फुट्दै गएँ। अर्को ल्याउनु ठुलो कुरो हैन् रहेछ बस् अर्को मा तिमी नपाउनु निकै ठुलो कुरो रहेछ।
उता आमा भन्ने शब्द मर्यो, दिदी भन्ने शब्द मर्यो, बहिनी भन्ने शब्द मर्यो मेरा त आफु, म र मेरो भन्ने शब्द मर्यो।
तिमी चन्द्रमा थियौँ त्यसैले होला आजकल राती अन्धकार मात्र ढप्प हुने गर्छ सायद प्रकाश मरेर होला। तिमीलाई तस्विरमा देख्दा आफैं तर्सिन्छु किनभने अङ्गालोमा देखिने मान्छेको आज अनुहार पनि देख्दिनँ। शिन्दुर दराज भरि छन् तर लाउने शिर छैन् , साथी धेरै छन् तर साथ दिने सङ्गिनी छैन्। तिमी गए पछि घरमा तिम्रो बास्ना सङ्ग बाच्ने आश राख्छु तर मन मा बसेको तिमी यहिँ घरमा नभएको आवासले पल पल मारि रहन्छ। श्रीमान र श्रीमतीको महत्तो आज बल्ल थाहा पाउँदै छु। म रोहिरदा तिम्रा आँखा रसाउनु, म सुतिरदा तिम्रा आँखा निदाउनु, म हाँसीरदा तिम्रा दातँ देखिनु, म एक्लो हुँदा तिमी पनि पुरा नदेखिनु। श्रीमती शब्दमा तिमी सर्वथोक थियौँ, हाँसो पछाडिको दुख बुझथियौ, पिडा मनमा हुदा मनलाई रुवाउन दिदैन थियौ तिमी श्रीमती हैन् सर्वथोक थियौँ तर सर्व मर्दा पनि बाच्नु सानो कुरा कस्ले भन्यो? दिउँसो सुर्य नहुदा राति जुन चम्किनु कस्ले भन्यो ठुलो कुरो हैन्।
आज म एक्लै हिँड्दै थिए बाटोले सोधे “जो सँग बाटो देखेर हिडेको थियौँ आज उसैलाई बाटोमा देख्दिन खै त?”
मैले भने म सँग बाटोमा नभएको साथी तिमी सङ्गै माटो मा मिसिरहेको छ त्यसैले हो। हेर आज ग्रहण मात्र लागेका छ आँखाहरु बन्द छन् मात्रै छाती पोल्ने गर्छ।
लक्ष्य मरि, लक्ष्मी मरि, उ मरि सङ्गै म मरे,
आज सास मात्र फेर्दै छु साहस तिमी सङ्गै मरे।
तिम्रो चितालाई आगो को झिल्कोले सल्काउदा यता मेरो मन जलेर खरानी भइसकेको थियो, तिम्रो लास चिता माथी राखेर ठिक्क पार्दा कोहि ले मलाई बालेर ताप्न ठिक्क पार्या जस्तो लागिरहेको थियो, तिम्रो रातो सारीहरु जलाउन ठिक्क पार्दा म जिउदो लासलाई सेता कपडाहरू ठिक्क पारिदै थियो।
घर सान्त छ, मन मरेको छ, मन सान्त छ, आफै मरेको छु,
सास सान्त छ, भाव मरेको छ, हिम्मत सान्त छ, आशा मारेको छु। तिमी गयौ सर्व गयो।
तिम्रो शिरमा रहेको सिन्दुरको सिउदो चितामा जलेर पानीमा गइराख्दा मेरो शिरका भाग्य पनि तिमी सँगै गइरहे।
श्रीमती……………