पुर्व प्रहरी रमेश प्रसाद खरेल पर्सा जिल्लामा रहि सेवा गर्दा उनको नाम धेरै चर्चामा थियो । सोहि चर्चाको कारण ए. स. पी खरेल नामक चलचित्र नै बन्यो ।
पर्सा संगै छिमेकी बारा र रौतहट पनि उनको एक्सनले प्रभावित बनेको थियो।गत संघिय निर्वाचन काठमाडौ क्षेत्र न १ बाट एक्लै प्रतिस्पर्धा गरेका खरेल त्यहा बाट पराजित भएका थिए भने सप्तरी क्षेत्र न२ बाट प्रतिस्पर्धामा उतरेका जानता समाजबादी पार्टी का उपेनद्र यादव पनि आफ्नो क्षेत्र बाट नराम्रो संग पराजित भएका थिए। यधपी पुर्व प्रहरी खरेल सबैका लोकप्रिय सबैले सदनमा देख्न चाहेको पात्र हुन।काठमाडौमा जित्न तयार रहेका उनका पुकार बम, रबिन्द्र मिश्रा जस्ताले धेरैले भोट काटेपछी नेपाली काङ्ग्रेसका प्रकाशमान श्रेष्ठ बाट पराजित भएका थिए।यता बारा क्षेत्र- २ मा उनको भोट नकाटिएला भन्न सकिन्न।यादव बारा-२ का बलिया प्रतिस्पर्धी बनेका बेला बिना कोई गठबंधनको एकलै रास्वपा, रबि लामिछानेको पार्टी बाट घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन।
उनी संग आर्को बालिया प्रतिस्पर्धी जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा पनि मैदानमा छन। यहाँ यस भिडमा सबैले चाख लागेको विषय यो हो कि के पुर्व प्रहरी रमेश खरेललाई बारा-२ ले संसद बनाउला त। बाराको भग्य रेखा मा रमेश खरेल पर्छ कि पर्दैन यहि १० गते थाह हुन्छ ।
बारा क्षेत्र नं.२ मा आगामी १० गते हुने निर्वाचनमा मतदाता आकर्षित गर्न उमेदवारसँगै पार्टीहरुले उत्साहका साथ आफ्ना गतीविधि बढाएका छन् । टोलभेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेत खेतमा पगेर आफ्ना मतदातालाई फकाईरहेका छन् ।
जनता समाजवादी पार्टी(जसपा), नेकपा एमाले, जनमत पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टी लगायत अन्य सव्तन्त्र उमेद्वार सहित ३४ जनाले क्षेत्र नं.२मा भब्य चुनावी तयारी गरेका छन् ।