पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बाराको गढिमाई मन्दिनको दर्शन गरेकी छिन । पुर्वराष्ट्रपति भण्डारीले गढिमाई दर्शन पछि कलैयामा मदन भण्डारी फाउन्डेसन बाराले आयोजना गरेको ७५औ मदन भण्डारी जन्म जयन्तीको अवसरमा कार्यकर्ता भेटघाट पनि गरेकिछिन ।
कार्यकर्ता भेटघाट कार्यक्रम सकिएपछि सन्चारकर्मीहरु सँग कुराकारी क्रममा आफ्नो सदस्यता नविकरण भईसेको जानकारी दिईन । सन्चारकर्मीले पार्टी अध्यक्ष के पि शर्मा ओलीको कडा निर्देशनको कारण नेताहरु सँग बारामा भेट नभएको हो भन्ने प्रश्नमा उनले आफ्नो भेट सबै सँग विस्तारै हुने र तेस्तो निर्देशन नभएकोमा आफु विश्वस्त रहेको बताउनुभयो ।


हिजो वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन मधेश झरेकी पुर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न सिमरा विमानस्थलमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो । संघको कार्यक्रम सकिए पनि भण्डारी बाराको नेता कार्यकर्ता भेटभाट कार्यक्रम भोलिसम्म भएकाले बस्ने भएकी हुन् । उनि संगै एमाले पोटिलव्युरो नेता एवम पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह , एमाले निकट विद्यार्थी नेता प्रकाश पौडेल र मनिष प्याकुरेल पनि छन ।

















