✍ जीवन गौतम
न ईर्ष्या,न लोभ,न लालच,
न पूर्वाग्रह, न दुराग्रह,
एउटा श्वेत शरीरमा यस्तो हिलो किन छ्यापिन्छ?
आवेग र उत्तेजनाका कारण उस्ले रगतको होलि खेल्न पुग्दछ
न आफन्त,न पराई, न कोहि होलिका रंगहरुले बनेका रंगीन अनुहारहरु
नचिनिने अनि नजानिने शरीर र श्वरुपहरुमा बदलिन पुग्दछ्न
भनिन्छ भावनाहरु कोमल हुन्छन र तिनिले काम गर्लान
तर पनि शरीरहरु किन छेतबिच्छेद हुन्छन?
मानिसका टाउका मानिसद्वारा नै किन काटिएका हुन्छन??
मानिसहरु हराएका छन
राक्षसहरु पलाएका छन
न ईर्ष्या, न लोभ,न लालच
सनातन जिन्दावाद भन्नलाई यो मन हिचकिचाएको छैन।
जय स्वाभिमान भन्नेछु
एउटा रास्टृयताको गीत अन्त्यसम्म गाउनेछु
जय नेपाल
गौतम निजगढ नगरपालिकाका कर्मचारी हुन । उनि निजगढ वडा नं ५ वागदेब निवासि हुन ।