विश्वको सबैभन्दा शक्तिसाली सर्च इन्जिनको रुपमा चिनिएको बादशाह गुगल २५ वर्षअघि आजकै दिन क्यालिफोर्नियाको ग्यारेजमा सार्वजनिक भएको थियो ।
गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका रूपमा मनाइन्छ भने औपचारिक रूपमा सार्वजनिक भएको २७ सेप्टेम्बरलाई जन्मदिनका रूपमा मनाइन्छ ।
५औं जन्मदिनको उपलक्ष्यमा गुगलले आफ्नो लोगो परिमार्जन भएको एनिमेसन राखेको छ । गुगलको होमपेजमा सो एनिमेसन देख्न सकिन्छ ।
सुरुवातमा गुगलको लोगो कस्तो थियो, २५ वर्षपछि अहिले कस्तो छ, त्यही एनिमेसन भिडिओमा हेर्न सकिन्छ । गुगलका अनुसार आज गुगलमा जन्मदिनबारे केही जिज्ञासा राख्यो भने रोचक उत्तर पाउन सकिन्छ ।
“हामी अगाडिका अवसरहरू र एआईको सम्भाव्यताले हामीलाई हाम्रो मिसन जारी राख्न र संसारभरका अझ धेरै मानिसहरूको जीवनमा सुधार गर्न मद्दत गर्न गर्ने कुरामा विश्वस्त छौं,” गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले ब्लगमा लेखेका छन् ।
गुगलले विभिन्न नयाँ प्रविधिमा खोज तथा अनुसन्धान गरेर त्यसलाई अबलम्बन गर्ने उनको भनाइ छ । यससँगै अगाडिको २५ वर्षमा गुगलले प्रविधिको क्षेत्रमा असाधारण परिवर्तन ल्याउने उनले उल्लेख गरेका छन् । – टेकपाना