जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष अख्तियारको फन्दामा भन्ने समाचार छ्याप्छ्याप्ती भेटिए।
यसै घटनालाइ जोडेर नेकपा एमाले माथी गम्भिर प्रकारका फेसबुक स्टाटस देखी समाचार बनेका पनि देखिए ।अख्तियारले पक्राउ गरेका वडाअध्यक्ष र म एकै पार्टी मा सम्बन्ध राख्ने भएकोले यस बिषयमा मैले चासो नराख्ने कुरै भएन । यसै पनी पुराना राजनितीक दलप्रती बितृष्णा पैदा भएर पपुलिस्ट हरुले पपुलिजमको आधारका राजनिती उदाएको बखत स्थापित र इतिहांस बोकेको राजनितीक दल त्यसमाथी युवा भनिएका जनप्रतिनीधीको यस्तो दुर्दशा देखिनु एकदमै निराशाजनक छ बिशेस गरी हामी जस्ता युवा लाइ जो नेकपा एमालेको स्कुलिंगबाट आफुलाइ वास गरेर अगाडी बढाएका छौ र भोलिको नेतृत्वकर्ता को लाइनमा आफुलाइ उभ्याउन चाहान्छौ। तर,कुनै एक ब्यक्ती को कारण सिंगो पार्टी माथी दोस थुपरेर एमाले माथी नै प्रश्न उठाउन पाइन्छ र? सबै एमाले यस्तै हुन,एमाले जत्ती सबै भ्रष्ट भन्ने मानक स्थापीत गर्न पाइन्छ ?ब्यक्ती र पार्टी फरक कुरा हुन ।कुनै एक ब्यक्ती को अपराध को बिंडो सिंगो पार्टीले बोक्दैन । खराब तपाइंका पार्टीमा पनि होलान एकाध हाम्रा पनि होलान ,यस्ता खराब चरित्रलाइ निर्मुल पारेर समृद्धीको बाटोमा अगाडी बढ्ने हो नी ।
छानबिन र अनुसन्धान गर्ने निकायलाइ निष्पक्ष छानबिन गर्ने बाताबरण सिर्जना गरिदीएर भोलिको दिनको अदालतको फैसला स्विकार्नुको बिकल्प छ र ? त्यसो भए आजै अहिल्यै हामी आफैं न्यायधिस ,आफैं प्रशासन किन बन्ने? पटकपटक गरेर पैसा बुझाएको बिषय आफैं स्वार्थकेन्द्रीत छ भने त्यसरी बुझाएको पैसा एक जनप्रतिनीधीले होटेल होटेलमा गएर लिनु र जुन सुकै प्रायोजनको लागी भएपनी कोटको गोजीबाट रंगेहात भेटीनु संकास्पद मात्रै होइन गहिरो अनुसन्धान गरीनु पर्ने स्थितीको घटना हुंदै हो । बांकी कुरा बिस्तारै अनुसन्धानका क्रममा खोतलिंदै जालान ।हाल लाइ भने म आफैं नेकपा एमालेको कार्यकर्ता भएको कारण,म आफैं पनि मेरो संम्बद्ध पार्टी ले यस घटनालाइ गम्भीर रुपमा लिनेछ भन्ने सबैमा बिस्वास दिलाउन चाहान्छु । एमालेको सूर्य चिन्हबाट निर्वाचीत प्रतिनीधी यस्तो अवस्थामा भेटिनु दुखद बिषय हो ।एमाले आफैं समृद्धीका लागी संकल्प यात्रा तय गर्दै सिंगो नेपालकै सर्वांगिण बिकासमा टेवा पुर्याउने उद्धेस्यले पश्चिमको झुलाघाटबाट सुदुर पुर्वको चिवाभन्ज्यांगसम्म मध्य पहाडका बिकासका खाका र त्यसका समस्या का पहिचान गर्दै अगाडी बढेको पार्टी हो । सिंगो गठबन्धन स्वार्थ केन्द्रित राजनिती र सत्ता लोभमा कुर्षी बचाउ अभीयानमा लाग्दा एमाले जनता को घरघरमा पुगेको पार्टी हो ।त्यसकारण अपराधी ठहरीएको कसैलाइ पनि एमालेले सेल्टर प्रदान गर्नेछ भन्ने कसैले सोच्छ भने त्यो उसको दिवास्वपना मात्रै हो ।
प्रश्न उठेकै भरमा मात्रै पनी आफ्नो शक्तिशाली पदबाट राजिनामा दिएर छानबिनका लागी मार्ग प्रशस्तै गरिदीने र पछी अदालतबाट न्याय पाएपछी शानदार तरिकाले चुनाब जितेर पुन: सिंहदरबार छिर्ने जस्ता नैतिकवान भएका हरुको पार्टीले अपराधीक गतिबीधीलाइ प्रशय दिंदैन ।अन्य राजनितीक दलले सुन तस्करी देखी भुटानी शरणार्थी कान्ड सम्म मा नाम जोडीएका कैंयौ नेता लाइ राजनितीक आवरणमा लुकाएको बखत एमालेले आफ्नो पार्टीको सचिव र बहालवाला संसद लाइ नै छानबीन गर्न सजिलो होस भनेर निलम्बन गरेको होइन र ? त्यसैले राजनैतिक दलमा नैतिकता खोज्न अन्त जानु पर्दैन एमाले लाइ हेरे पुग्छ ।
लेखक : अनेरास्ववियु केन्द्रिय सदस्य तथा प्रचार बिभाग उपप्रमुख र नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटी सदस्य हुन