को दुस्मन रहेछ आफन्त को रहेछ ?
जिन्दगी भन्नू त केबल एक्लो रहेछ !
नेता हुँ भन्थ्यो दुनियाको अगाडी ऊ
आखिरमा देश कुहाउने माखो रहेछ !
कोसंग छैन स्वार्थ कस्ले सोच्दैन भोलि?
अपबादमा यही एउटा कात्रो रहेछ!
आजसम्म खोजीरहेछु कहाँ भेटिएला
उनको दिलमा जाने कुन बाटो रहेछ?
मिथ्या हो दुनिया सबका सब झुँट हुन्
कुनै प्रमाण नचाहिने मृत्यु साँचो रहेछ !