नेकपा एमालेको भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले देश भर जिम्मेवारी तोकिएको छ । बाराको संयोजकमा अजहरुद्दिन अंसारी र सहसंयोजकमा बालकृष्ण हुमागाईंले जिम्मेवारी पाएका छन् । अनेरास्ववियु केन्द्रीय समितिले कलैयाका अंसारीलाई संयोजक र निजगढका हुमागाईंलाई सहसंयोजक तोकेको हो ।
संयोजक अंसारी अनेरास्ववियु बाराको सचिव हुँन भने सहसंयोजकको जिम्मेवारी पाएका हुमागाईं गौरीशंकर क्याम्पसको स्ववियु अध्यक्ष साथै जिल्लाकै पहिलो अध्यक्ष पनि हुन् ।


















