निजगढ नगरपालिकालाई संघीय सरकारको अर्थमन्त्रालयले चारपाङ्गे सवारी साधन स्कार्पियो सहयोग गरेको छ ।
मन्त्रालयले कर तथा राजश्व छुट हुने गरी निजगढ नगरपालिका कार्यालयलाई महेन्द्रा कम्पनीको चारपाङग्रे गाडी स्कार्पियो जीप सहयोग गरेको हो ।


माननीय उपप्रधान तथा अर्थ मन्त्रीस्तरको तथा सोही मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार उपलब्ध गराएको सो जीपको चाबी मन्त्रालयका प्रशासन फाँटका शाखा अधिकृत कृष्णराज खतिवडाले निजगढ नगरपालिकाका सवारी चालक रुद्रबहादुर चौलागाईलाई आइतवार हस्तान्तरण गर्नुभएको छ ।
बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र स्वकीय सचिव दामोदर मैनालीको पहलमा युएसएडको स्वामित्वमा रहेको सो जीप निजगढ नगरपालिकालाई सहयोग गर्न मिति २०८२/०४/०८ मा अर्थमन्त्रीस्तर र २०८२/०५/०३ मा सचिवस्तरको निर्णय भएको थियो ।
मन्त्रालयले उक्त जीपको दर्ता निजगढ नगरपालिका कार्यालयको नाममा कायम गर्ने व्यवस्थाको लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरलाई समेत पत्राचार गरेको छ ।
गाडी आजै निजगढ पुग्ने माननियका स्वकिय सचिब दामोदर मैनालीले जानकारी दिनुभयो ।

















