काठमाडौं । नेपाल बैंक र कोटबारी होटलबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोटस्थित रिसोर्ट कोटबारी होटल प्रालिले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकहरूलाई कोटबारी होटल प्रालिले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।


सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र कोटबारी होटल प्रालिको तर्फबाट महाप्रबन्धक आनन्दसिंह ठकुरीले हस्ताक्षर गरेका हुन् ।
















