नेकपा एमालेका तर्फबाट सांसद त्रिलोकी प्रसाद मधेस प्रदेशसभाको सभामुख पदका लागि उम्मेदवार बनेका छन्। एमाले सांसद शारदा देवी थापाले प्रस्ताव र जयचन्द्र प्रसाद पटेलले समर्थन गरेपछि उनको उम्मेदवारी औपचारिक रूपमा दर्ता भएको हो।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै प्रसादले पार्टी नेतृत्वको निर्णयअनुसार आफू अघि बढेको प्रसचित्रलाई बताए। उनी बारा क्षेत्र नं १ `क´ बाट प्रत्यक्ष निर्वाचनमा दोस्रो पटक जित हासिल पारेकाथिए । यसअघि मधेस प्रदेशसभाको सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव उम्मेदवार बनेका छन्।



निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे ३ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ। भोलि बस्ने प्रदेशसभा बैठकमा उम्मेदवारहरूलाई दर्ता क्रमकै आधारमा निर्णयार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयले जनाएको छ।
















