आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाराको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट रामहरी खरेल सहित ऋषि बडाल र उत्तम खनालको नाम चर्चामा आएको छ ।
निजगढ घर भएका खरेल रास्वपाको स्थापना देखी निजगढ सभापति रहि काम गरिसकेका र हाल जिल्ला सचिबको भुमिका निर्वाह गरिरहेका छन । यस्तै ऋषि बडाल पुर्ख्यौली निजगढ घर भएका हाल पोल्ट्री व्यवसायी गर्दै काठमाडौमा रहदै आएकाछन । यता खनाल कोल्वीमा रहेर रास्वपाको संगठन विस्तारमा आए सँगै नाम चर्चामा आएको छ ।


बाराको क्षेत्र नं १ मा रास्वपामा कस्को हातमा टिकट आउने भनेर जनतामा चासो छाएको छ ।
















