बारा । प्रदेश नं २ बाराको निजगढमा कृषि अध्ययनरत रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् ।
जिल्लाको निजगढ नगरपालिका वडा नं.८ स्थित स्थानिय श्री गौरी शंकर माध्यमिक विद्यालयमा अध्यनरत अन्दाजी १८ वर्षीया प्रियांका यादवले आत्महत्या गरेकी हुन् ।
स्थानीय वाशुदेब दाहलको घर डेरा गरि बस्दै आएकी यादवले शनिवार राति करिब ९:३० बजे आफ्नैं कोठामा पाँसो लगाएर आत्म हत्या गरेको ईलाका प्रहरी कार्यलय निगजढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोलीले घटना बारे अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय निगजढले जनाएको छ ।
घटना के कारणले भयो भन्ने बारेमा अहिले कुँनै जानकारी नआएको प्रहरीले जानकारी दिए । मैलापुर नगरपालिका वडा नं.३ मा घर भएकी यादव अध्ययनका लागि निजगढ आएकी थिईन् । उनी घरकी जेठी छोरी हुँन भने उनको एक बहिनी र दुई भाई छन् । यादवको बुवा सिवपुजन यादव चिकित्सक हुँन अन्तिम पटक शनिवार बुवा छोरीको भेट भएको थियो ।
छोरीलाई भेटोर घर पुगेका सिवपुजन यादवले आँफु घर पुगेको खबर छोरीलाई बताउँन सम्पर्क गर्दा छोरीको फोन नउठे पछि छेउको कोठामा भाडामा बसेकी प्रियांकाकी साथीलाई फोन सम्पर्क गर्दा छोरीले आत्महत्या गरेको थाहा भएको मृतक यादवका बुवाले जानकारी दिएका छन् ।