मकवानपुर,७ असोज । प्रदेश नं ३को राजधानीमा मकवानपुर प्रहरीले १७५ किलो लागु औषध गाँजा र ट्रक सहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । विशेष सुराकको आधारमा चेकजाचको आधारमा उनिहरुलाई प्रहरी प्रकाउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका-९ का ३१ वर्षीय मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका ३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन् ।उनीहरुको साथबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।