काठमाडौं , असोज १० । कक्षा १२ को परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले तिहार पछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको बताउछन बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल ।
गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको परीक्षा कोभिड-१९ ले रोकिएको थियो। अध्यक्ष पौडेलले भने, ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’
उनका अनुसार सम्भवतस् सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ।
करिब ४ लाख विद्यार्थीले कक्षा १२को परीक्षा दिएका छन्। बोर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेको थियो। विद्यार्थीहरु पनि परीक्षाको नतिजा हेर्न आतुर रहेका छन ।