प्रलाद तिमल्सिना , काठमाडौं ।
एमाले विभाजन मेरो जीवनको लागि दोश्रो सबभन्दा अप्रिय घटना भन्दै माधव नेपालको साथ छोडेर सुर्य रोजेका पुर्व मन्त्री पुरुषोत्तम पौडेलले एक पछि अर्को सामाजिक संजालमा स्टाटस राखेका छन ।
नेकपा एमाले विभाजनपछि शुरुमा नेकपा एसमा राखिएका तर कतै गतिविधिमा नदेखिएका नेता तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पार्टी विभाजनको १ महिनापछि आफू एमालेमै रहने घोषणा गरेका छन् । उनी त्यसअघि माधव नेपाल पक्षको समानान्तर गतिबिधिमा थिए ।
बाराबाट पटक पटक निर्वाचित लोकप्रिय नेता पौडेल एमालेको खेलकुद महासंघको अध्यक्ष थिए ।
एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेलले ४३ वर्ष बिताएको पार्टी छाड्न मन नलागेपछि एमाले भित्रै अन्तरसंघर्ष गर्ने निष्कर्षमा पुगेको बताएका छन् ।
पार्टी विद्रोह गर्दै माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकिृकत समाजवादी) पार्टी गठन हुदाँ केन्द्रीय सदस्य बनेका नेता पौडेल राजनीतिक गतिविधिमा निष्कृय बनेका थिए । तर हिजो सांझ उनले सामाजिक संजालबाट आफु एमालेलाई माया गर्ने भन्दै स्टाटस राखेपछी धेरैले बधाई तथा शुभकामना दिए ।