गुल्मी, १३ असोज ।
गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । छत्रकोट गाउँपालिका–२ भेडुवाका २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरिबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
छत्रकोट–३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको हो । चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्युरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।