काठमाडौं / पशुपति क्षेत्रका साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन् ।
लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको छ ।
उनी गत असोज ११ गते पशुपतिस्थित विश्वरुपा क्षेत्रका सन्तोष भन्ने साधुलाई खुकुरी प्रहार गरेर फरार भएका थिए ।