चितवन, असोज १६– चितवनमा इन्टरनेटको लाइन काटिएपछि इन्टरनेट सेवा प्रदायिक कम्पनीहरु आन्दोलित भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुरको कार्यालय अगाडि आज (शनिबार) दिउँसो उनीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले कुलमान घिसिङ र विद्युत् प्राधिकरणविरुद्ध नाराबाजी गरेका थिए । त्यसलगत्तै इन्टरनेट कम्पनीका कर्मचारीहरु नाराबाजी गर्दै मोटरसाइकल ¥याली निकालेका थिए ।
नेपाल विद्युत प्राधिकरण भरतपुरले पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिएको जनाएको छ । भरतपुरको बसेनी क्षेत्र, बसेनी सबस्टेशन अगाडि, विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार सांकेतिक रुपमा काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए ।
उनले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताउनुभयो । तार काटिएपछि आज चितवनभर नै इन्टरनेट सेवा अवरुद्ध भएको छ । चितवनमा हाल ८ वटा कम्पनीले मात्रै पोलको भाड तिरेका छन् ।