धनुषाको विदेह नगरपालिका ७ मा रहेको रोषण ज्योती आयल स्टोर नामक पेट्रोल पम्पमा गएराति लुटपाट भएको छ ।
डकैती गर्न आएकाहरुले रड प्रहा’र गर्दा पम्प सञ्चालक शम्भु साह घाईते भएका हुन् । १०/१२ जनाको समूहमा रहेका लुटेराहरुले पेट्रोल पम्पबाट नगद ६ लाख रुपैयाँ, ६/७ तोला सुन, केहि चाँदी र अन्य इलेक्ट्रोनिक्स समानहरु लुटेर लगेका छन् । स्थानीयका अनुसार लुटेराहरु भागिसकेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
लुटेराले रड प्रहार गर्दा घाईते साहको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । उनको टाउँको फुटेको छ ।
लुटेराहरु मास्क र गम्छाले मुख छोपेकाले चिन्न नसकेको उनले बताएका छन् ।