बिपिन अधिकारी, वारा, १९ असोज /
लायन्स क्लव अफ निजगढ लायन्स क्लब अफ निजगढ पिस, ईलाका प्रहरी कार्यालय निजगढ, मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजना तथा निजगढ नगरपालिकाको सहकार्यमा निजगढमा मंगलवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो । ईलाका प्रहरी कार्यालयदेखि बुद्ध चोकसम्म रहेको मेनरोडको आसपास सरसफाइ गरिएको थियो । आफ्नो घर आँगन वरिपरी सफा राखौँ, वातावरणलाई प्रदुषण हुन नदियौँ र प्लाष्टिक जन्य बस्तुहरुलाई उचित ठाउँमा व्यवस्थापन गरौं भन्ने उदेश्यका साथ निजगढलाई सफा र सुन्दर बनाउनका निम्ती सरसफाई तथा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ र लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रन्जन लामिछानेले बताउनुभयो ।
कार्यक्रममा निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, निजगढ नगरपालिकाका वडा नं.८ का अध्यक्ष टेक बहादुर लामा, ९ का वडा अध्यक्ष सुदर्शन प्रसाद बडाल, क्लबका सदस्य सुदिप तिमल्सिना, पवन श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रममा सडक आसपासका दायाँबायाँको फोहोर प्लाष्टिक र अन्य फोहोरहरु संकलन गरी निजगढ नगरपालिकाको सहयोगमा २ वटा ट्रयाक्टरले उठाउन सहयोग गरेको थियो ।
सडक आसपासका फोहोरलाई आ-आफुले ब्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, ब्यापारिक सामाग्री जस्ता सामानहरु राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दुषित पार्ने काम गरेमा घरधनीलाई नियम अनुसार कारवाही गर्ने ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक शंकर प्रसाद चौधरीले बताउनुभयो ।