बसन्त लामा, वारा, १९ असोज /
निजगढ नगरपालिकाको साविक भरतगंज सिंगौल वडा नम्बर ४ को बगर खोलामा निर्माणधीन झोलुङ्गे पुल ४० प्रतिसत कार्य सम्मपन्न पछी रोकिएको छ |
झोलुङ्गे पुल निर्माण समितिको ढिला सुस्ती को कारण ४० प्रतिसत कार्य सम्मन्न पछी रोकियको हो | सिंगौल बगर खोलामा जस्तै सोहि साइजको झोलुङ्गे पुल ६ महिना पहिले निर्माण सुरु गरिएको वडा नम्बर १० स्थित लाल खोलामा निर्माण गरियको पुल निर्माण सम्मपन्न गरि केहि दिन पहिले निर्माण समितिले निजगढ नगरपालिका लाइ हस्तान्तरण गरीसकेको छ |
निर्माणधिन सिंगौल वडा वडा नम्बर ३को बगर खोलाको झोलुङ्गे पुल को लम्बाई ११५ (एक सय पन्ध्र) मिटर उच्चाई १२.९२ रहेको छ |
सो झोलुङ्गे पुल निजगढ नगरपालिका र हेल्पटाँसको सहकार्यमा ९६ लाख ३४ हजार १ सय ८७ रुपैयाँ २३ पैसा मा निर्माण हुन लागेको हो |
झोलुङ्गे पुल निर्माण गर्नको लागि ७६/७७ सालमा निर्माण समितीले नगरपालिका संग सम्झौता गरेको थियो |
सम्झौता गरेको ३ बर्ष पुरा हुनु लाग्दा समेत झोलुङ्गे पुल ४० प्रतिसत निर्माण कार्य बाट अगाडी बढन सकेको छैन |सम्झौता भए अनुसारको समयमा निर्माण कार्य अगाडी नबढाउदा साविक सिंगौल वडा नम्बर ९ को स्थानीय बगर खोलामा बाढी आउना साथ आवत जावतमा समस्या झेल्नु परिरहेको छ |
झोलुङ्गे पुल निर्माण सम्मपन्न पछी साविक भरतगंज सिंगौल वडा नम्बर ९ को स्थानीयलाई मात्र नभई छिमेकी जिल्ला मकवानपुर बकैया गाउपालिकाको वडा नम्बर २ को दमैचौर , तिन ढुङगेको स्थानीयलाई समेत आवत जावतमा सहज हुने देखिन्छ |
त्यस झोलुङ्गे पुलको हिन्दु धर्मको परम्परा अनुसार निजगढ नगरपालिकाको मेयर र उप-मेयर ले सामुहिक ७६/७७ मा शिलान्यास गरेका थिए |
निर्माण थालियको लामो समय सम्म पनि झोलुङ्गे पुल नबनेको अबस्थामा सरोकारवालाले दवाब दिनु नसक्दा निर्माण समितिले पुल निर्माणमा ढिला सुस्ती गरिरहेको स्थानीयको गुनासो रहेको छ |