बिपिन अधिकारी, बारा, २४ असोज
बाराको निजगढ वडा नं. ९ को कार्यालय द्धारा ब्याग वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
निजगढ ९ स्थित जनज्योती आधारभुत बिद्यालयका बालबालिकाहरुलाई १०० थान ब्याग वितरण गरिएको थियो । वितरण कार्यक्रममा वडाका अध्यक्ष सुर्दशन प्रसाद बडाल र सचिव सपना ढुंगाना वडा सदस्य मिन माया लामा, गुञ्जेश्वरी श्रेष्ठ, जगत बहादुर न्यौपाने, इन्द्र कुमारी सुनार र बिद्यालयका अध्यक्ष कर्ण बहादुर लामा लगायतको उपस्थित रहेको थियो ।
ब्याग वितरण गरिदिनु भएकोमा बिद्यालयका प्रधानाध्यापक रमेश तिमल्सिनाले वडा नं ९लाई विशेष धन्यवाद समेत दिए । ब्याग वितरण कार्यक्रम बिद्यालयको प्राङगणमा भएको थियो ।


















