बसन्त लामा, बारा – असोज ३१ आइतवार /
मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नम्बर ३ को थाकालचौरमा रहेको झरना प्रति गाउँपालिका र वडा कार्यालय वास्था गर्न छाडी सकेको अबस्थामा बाहिरी पर्यटनको भने चासो बढेको छ |
स्थानीय र बाहिरि पर्यटनको बिगतको वर्षबाट प्रत्यक दिन हजारौको संख्यामा झरनामा भिड लाग्ने गरेता पनि बकैया गाउँपालिका र वडा कार्यालयले झरना संरक्षण प्रति भने चासो दिएको देखिदैन | बिगत वर्षनै थाकालचौरको झरना सामाजिक संजाल युटुब फेसबुकमा भाइरल भएपछी बकैया गाउँपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष बिरमान बलले सो झरनाको बारेमा स्थलगत भ्रमण समेत गरेको थियो |
झरनाको स्थलगत भ्रमण गर्ने क्रममा संञ्चारकर्मीले तपाइँको वडामा भाइरल भइरहेको झरनाको बेवस्थापन कसरी गर्नु हुन्छ भनि सोधेको प्रश्नको जवाफ दिदै १ वर्ष भित्रमा वडाले आर्थिक बिनियोजन गरेर भए पनि झरनाको संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए | प्रतिबद्ध जनाएको १ वर्ष बितिसकेको अबस्थामा झरनामा आउने बाहिरी पर्यटन र स्थानीयको १ बर्ष भन्दा पहिलेको भन्दा भिड बढी रहेको अबस्थामा झरनाको संरक्षणमा भने सिन्को समेत भाँचेको वडा कार्यालयले छैन |
झरनाको संरक्षणको नजिकै रहेको स्थानीय बस्ती नागदह राजुवा हाँडी थाकालचौरको स्थानीयले वडा कार्यालय र प्रदेश सरकारलाई समेत झरना संरक्षणको लागि पटक-पटक आग्रह गर्दा समेत बेवास्था गरेको नागदहको स्थानीय मनोज मोक्तानको गुनासो रहेको छ | केहि दिन यता झरनामा स्थानीय मात्र नभई रौतहट, पर्सा, बारा जिल्लाको कलैयाको स्थानीय पर्सा जिल्लाको बिरगंजको स्थानीय परिवार सहित झरनाको अबलोकन गर्न र लाखौ पर्ने गाडी र मोटरसाइकल चडेर आउने गरेको पाईन्छ |
झरना अबलोकन गर्न आउने बाहिरि पर्यटन र स्थानीयको कारण निजगढ नगरपालिका को वडा नम्बर ३ स्थित पिपलटार राजुवा नागदहको आसपासमा राखियको स्थानीयको पसलमा समेत राम्रै आम्दामी हुने गरेको स्थानीय पसले मनु माया गोलेको भनाइ रहेको छ |
हेरौ भिडियो