७ किलो ५ सय ग्राम लागु औषध चरेस सहित बारा प्रहरीले बारामा एक जना महिला पक्राउ गरेको छ ।
प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक प्रमोद साहको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले कलैया उप-महानगरपालिका वडा नम्बर १० स्थित नेपाल भारत सिमाना नजिक सडकबाट पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ४ बस्ने रामविनय साह रौनियारकी ४१ बर्षिय श्रीमती लालशा देवी रौनियारलाई हिजो चरेस सहित नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेकी महिलाले कम्मर तथा दुबै तिघ्रामा बाधेर लुकाइछिपाइ नेपालबाट भारततर्फ गइरहेको अवस्थामा १४ पोकामा उक्त चरेस फेला पारिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।