बारा, कार्तिक १८ । बारा प्रहरीले हराएका बालकलाई फेला पारी अभिभावकको जिम्मा लगाएका छन ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं.४ बस्ने सन्जेल सहनीको छोरा ६ बर्षको अवधेश सहनीलाई बारा प्रहरीले अभिभावकको जिम्मा लगाएका हुन । सहनीआफ्नो ठुलो बुवाको घरमा बस्दै आएको र १७ गते बेलुकीको समयमा सम्पर्क बिहिन भएका थिए ।
सहनीलाई उनको बुवा सन्जेन सहनीको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।