सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् ।
यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो ।
पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको कात्तिक ४ गते पीडितले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान सुरु गरेका थियौँ” ।
उनले भने, “जिल्ला अदालत म्याग्दीमा सामूहिक बलात्कारसम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।”