काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च अंकले घटेको छ ।
आज नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ८२ प्रतिशतले घटेको हो । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेको १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक प्रतिशतका आधारमा वित्त समूहमा र रुपैयाँका आधारमा निर्जीबन बीमा समूहमा घटेको हो । आज सर्वाधिक हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।
साथै तेह्रथुम पावर, साहज उर्जा र मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।